site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फ्रान्स र जापानको लगातार दोस्रो जित 

काठमाडौं । पेरिस ओलम्पिक–२०२४ अन्तर्गत पुरुष फुटबलमा घरेलु टिम फ्रान्स र जापानले लगातार दोस्रो जित निकालेका छन् । शनिबार भएको समूह ‘ए’ को खेलमा फ्रान्सले गुयनाविरुद्ध १–० को साँघुरो जित निकालेको हो । 

फ्रान्सको जितमा किलियन सिल्दिलियाले गोल गरे । सिल्दिलियाले ७६औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रतामा राखेका थिए । जितसँगै दुई खेलबाट ६ अंक जोडेको फ्रान्स प्रतियोगिताको नकआउट चरणनजिक पुगेको छ । 

समूहमा अंकविहीन गुयना भने तालिकाको पुछारमा छ । यो समूहमा अमेरिका तीन अंकसहित दोस्रो र न्युजिल्यान्ड पनि तीन अंक नै जोडेर तेस्रो स्थानमा छ । 

शनिबार नै भएको समूह ‘डी’ को खेलमा जापानले मालीविरुद्ध १–० को जित निकालेको छ । जापानको जितमा रिहितो यामोमोटाले ८२औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसँगै समूहमा दुई खेलबाट ६ अंक जोडेको जापान शीर्ष स्थानमा उक्लिएको छ ।

लगातार दुई जितसँगै जापानले प्रतियोगिताको नकआउट चरणमा स्थान पक्का गरेको छ । समान खेलबाट एक अंक जोडेको माली तालिकाको तेस्रो स्थानमा छ । दुई खेलबाट तीन अंक जोडेको पराग्वे दोस्रो र एक अंक जोडेको इजरायल तालिकाको पुछारमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro