site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपराष्ट्रपतिका उमेदवारले बच्चाविहीन ‘क्याट लेडिज’ भनेपछि...

वाशिङटन । अमेरिकामा रिपब्लिकन पार्टीका उपराष्ट्रपति पदका उमेदवार जेडी भान्सले केही वर्षअघि दिएको अभिव्यक्तिलाई लिएर अमेरिकी चलचित्रकी नायिका जेनिफर एनिस्टोनले अहिले आपत्ति जनाएकी छन् । 

भान्सले सन् २०२१मा एउटा अन्तर्वार्ताका क्रममा बच्चा नभएका महिलाहरुलाई ‘चाइल्डलेस क्याट लेडिज’ भनेर टिप्पणी गरेका थिए । 

त्यो भनाईको स्क्रिन सट इन्स्ट्राग्राममा राखेर टिप्पणी गर्दै नायिका एनिस्टोनले भनेकी छन्, “मैले सत्य विश्वास गर्न सकिरहेको छैन, यस्तो कुरा संयुक्त राज्य अमेरिकाको सम्भावित उपराष्ट्रपतिबाट आइरहेको छ ।”

भान्सले २०२१मा फक्स न्यूजको एक शो मा टकर करिजनसँग कुराकानी गरेका थिए । 

जतिबेला उनी ओहायोको सिनेटर पदका उम्मेदवार थिए । उनले त्यतिबेला अमेरिका बच्चाविहीन ‘क्याट लेडिज’को एउटा समूहबाट चलिरहेको बताएका  थिए । 

उनले ती महिलाहरु आफैं दुखी रहेको र उनीहरुले बाँकी देशलाई पनि दुखी बनाउन चाहेको बताएका थिए ।

भान्सले त्यसमा भनेका छन्, “यो वास्तविक तथ्य हो । कमला ह्यारिस, पेटे बटिगिग र एओसी(अलेक्जेन्द्रिया ओकासियो कोर्टेज) लाई हेर्नुस् । डेमोक्रयाट्सको पूरै भविश्य बच्चा नभएकाहरुको नियन्त्रणमा छ । र, यसले कसरी कुनै अर्थ राख्छ कि हामीले हाम्रो देश त्यस्ता मानिसहरूलाई हस्तान्तरण गरेका छौं जसको यसमा प्रत्यक्ष हिस्सेदारी छैन ?” 

नायिका एनिस्टनले आफ्नो पछिल्लो पोस्टमा त्यसको प्रतिवाद गर्दै  लेखेकी छन्, “म यति मात्र भन्न सक्छु कि... मिस्टर भ्यान्स, म प्रार्थना गर्छु कि तपाईँको छोरी एकदिन आफ्नै सन्तान जन्माउने भाग्यमानी हुन् । मलाई आशा छ –उनले दोस्रो विकल्पको रूपमा आइभीएफ(इन भिट्रो फर्टिलाइजेसन)मा फर्कनु पर्दैन । किनकि तिमीले त्यो पनि उनीबाट टाढा गर्न खोज्दैछौ ।”

अमेरिकामा आउँदो नोभेम्बरमा हुने निर्वाचनमा प्रजनन स्वास्थ्य एउटा महत्वपूर्ण मुद्दाको रुपमा उठिरहेको छ । 

हलिउडका धेरै महिलाले यो अधिकारको पक्षमा आवाज उठाइरहेका छन् र डेमोक्रयाट पार्टीका राष्ट्रपति उमेदवारलाई समर्थन गरिरहेका छन् । 

ह्यारिस बाइडेन प्रशासनबाट सो मामिलाको पक्षमा बोल्ने मुख्य व्यक्तिको रुपमा चिनिँदै आएकी छन् ।

‘क्याट लेडिज’  खासगरी एकल खालका,  आधा उमेर गएका,  अनौठो व्यवहार गर्ने र आफ्नो  बिरालोमा मात्र विशेष प्रतिबद्ध भन्ने देखाउन महिलालाई अपमान गर्ने हिसाबले  प्रयोग गरिने वाक्यांश मानिन्छ ।  (एजेन्सी) 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०८:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro