site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सर्बियामा भ्यान पल्टँदा नेपालीसहित ३० जना घाइते

बेलग्रेड । दक्षिणपूर्वी सर्बियामा एक यात्रीवाहक भ्यान पल्टँदा अफगानी र नेपाली आप्रवासी गरी ३० जना घाइते भएका सर्बियाको आरटीएस टेलिभिजनले शनिबार जनाएको छ ।

आरटीएसका अनुसार, तीन आप्रवासी अस्पतालमै छन् । अरूलाई सामान्य उपचारपछि शरणार्थीका निम्ति सञ्चालित ‘रिसेप्सन सेन्टर’ मा राखिएको छ । ती आप्रवासी नेपाल र अफगानिस्तानबाट आएका पुरुष रहेको आरटीएसले जनाएको छ ।

Dabur Nepal
NIC Asia

गएको शुक्रबार पनि बेला पलाका सहरनजिकैको राजमार्गमा करिब ५० आप्रवासी सवार भ्यान सडकबाट चिप्लिएर दुर्घटना भएको थियो ।

सर्बिया युरोपेली संघ (ईयू)तर्फ जाने आप्रवासीले प्रयोग गर्ने ‘बाल्कन’ मार्गमा पर्छ । सन् २०२३ मा करिब एक लाख आप्रवासीले यो मार्ग प्रयोग गरेको ईयूको सीमा निगरानी निकाय फ्रन्टेक्सले जनाएको छ । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro