site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेस सरकारलाई सुशासन कायम गर्न आग्रह गर्ने जनमत पार्टीको निर्णय

काठमाडौं । जनमत पार्टी नेपालले मधेस प्रदेशमा रहेका बेथितिलाई सुधार गर्दै सुशासन कायम गर्न प्रदेश सरकारलाई आग्रह गर्ने भएको छ । 

जनकपुरधाममा बसेको जनमत पार्टीको दुई दिने सचिवालय बैठकले सुशासन कायम गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए । 

बैठकले प्रदेश सरकारको ४५ दिनको कामको समीक्षा समेत गरेको छ । प्रदेश सरकारको आगामी दिनमा हुने कार्ययोजनाबारेमा पनि छलफल भएको यादवले बताए । 

मधेस प्रदेशमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्न कार्यक्रम सञ्चालनमा ल्याउन आग्रह गर्ने निर्णय गरेको प्रवक्ता यादवले जानकारी दिए । 
 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro