site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धनगढीको नोभा हस्पिटलमा तनाव, अश्रुग्यास प्रहार
फाइल तस्बिर ।

काठमाडौं । धनगढीको नोभा हस्पिटलमा तनाव सिर्जना भएको छ । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्त र प्रहरीबीच झडप भएको छ । 

उपचारका क्रममा कञ्चनपुर बेलौरीका १७ वर्षका नसिब चौधरीको मृत्यु भएको थियो । ७ साउनमा अस्पताल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको थियो । 

अस्पतालको लापरवाहीका कारण चौधरीको मृत्यु भएको भन्दै विरामीका आफन्तले ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीसँग झडप भएको हो । 

“विरामीका आफन्तले ढुंगामुढा गर्न थालेपछि झडप भएको हो । अवस्थालाई सामान्य बनाउन केही सेल अश्रुग्यास पनि प्रहार भएको छ,” घटनास्थलमा रहेका प्रहरी निरीक्षक गंगादत्त बढूले बाह्रखरीसँग भने, “अहिले अस्पताल प्रशासन र मृततकका आफन्तबीच वार्ता भइरहेको छ ।” 

अहिले अवस्था सामान्य रहेको उनले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro