site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘तीन वर्षदेखि सम्बोधन नभएका निर्माण व्यवसायीका समस्या मौद्रिक नीतिले सम्बोधन गर्‍यो’
Tiktok banner adTiktok banner ad

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले तीन वर्षदेखि सम्बोधन नभएका निर्माण व्यवसायीका समस्या मौद्रिक नीतिले सम्बोधन गरेको बताएका छन् । 

नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिकपछि न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष सिंहले निर्माण व्यवसायीहरूले बैंकबाट लिएको कर्जा समायोजनको समय थप गरिदिएर व्यवसायीहरूलाई केही हदसम्म राहत प्रदान गरेको बताए । 

उनले मौद्रिक नीतिले सम्बोधन गरेका समस्याहरू विगत तीन वर्षदेखि भोग्दै आए पनि विगतका सरकार र राष्ट्र बैंकले समेत सम्बोधन नगर्दा आज अर्थतन्त्र चलायमान हुन नसकेको बताए । निर्माण क्षेत्र चलायमान नहुँदा समग्र अर्थतन्त्रमा परेको प्रभावले सरकार र राष्ट्र बैंक संवेदनशिल देखिएको बताए । 

उनले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले निर्माण क्षेत्रका समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले निर्माण क्षेत्रमा भएको संवेदनशिलता र अफ्ठ्यारोहरूलाई बुझेर मौद्रिक नीति आएको बताए । 

उनले मौद्रिक नीतिसँगै कार्यविधि बन्दा निर्माण क्षेत्रमा भएको पुँजी अभावलाई सम्बोधन गर्नुपर्ने बताए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro