site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मौद्रिक नीति निकै सन्तुलितरूपमा आयो : लघुवित्त बैंकर्स संघ

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले मौद्रिक नीति निकै सन्तुलितरूपमा आएको प्रतिक्रिया दिएका छन् ।

केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै यादवले मौद्रिक नीतिका कारण कर्जाको विस्तार हुने देखिएको बताए । उनले लघुवित्तलाई सहजीकरण गर्ने गरी मौद्रिक नीति आएकाले स्वागतयोग्य रहेको धारणा राखे ।

शाखाको मर्जरलाई समेत प्राथमिकता दिने गरी आएको र ग्राहकको पक्षमा पनि प्रभावकारी बनाउने गरी नीति आएको उनको भनाइ छ ।

ब्याजदर र सेवा शुल्कलाई पुनरवलोकन गरी व्यवस्थित बनाउने विषय पनि निकै राम्रो रहेको उनले बताए । उनले समस्यामा परेका ग्राहकहरूलाई विशेष सम्बोधन गर्ने नीतिले लघुवित्त क्षेत्रलाई सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro