site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कन्टेनर र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भतेरीमा कन्टेनर र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशका २४ वर्षीय मेहताव आलम र पर्साको वीरगन्ज महानगरपालिका–२४ का ३३ वर्षीय प्रमोद पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । आलम भारतीय ट्रकका चालक हुन् । पटेल कन्टेनरका चालक हुन् ।

भारतीय ट्रकका सहचालक गोरखपुरका २२ वर्षीय सावन अहमद गम्भीर घाइते भएका छन् । सोही अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro