site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
किसानलाई अनुदानमा कृषियन्त्र तथा मौरीघार वितरण
फाइल तस्बिर ।

पाल्पा । जिल्लाको तानसेननगरपालिकाले किसानलाई कृषियन्त्र तथा मौरी घार वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई हातेट्याक्टर, मौरीघार र डिजिटल तराजु प्रदान गरेको हो ।

नगरपालिकाले वडा कार्यालयबाट सिफारिस भएर आएबमोजिम ४७ जनालाई हातेट्याक्टर, ४८५ जनालाई मौरीघार तथा मौरीजन्य सामग्री र ५८ जनालाई डिजिटल तराजु प्रदान गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख सरोज तिमिल्सिनाले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

कृषियन्त्र खरिदबापत हातेट्याक्टर, चापकटर र डिजिटल तराजु गरी ४० लाख रुपैयाँ र मौरीजन्य सामग्रीका लागि २० लाख वितरण गरिएको नगरपालिकाले जनाएको छ । 

उपलब्ध बजेट र किसानको मागका आधारमा नगरभित्रका विभिन्न व्यक्ति, समूह, फार्म र सहकारीलाई अनुदानमा हातेट्याक्टर वितरण गरिएको हो । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro