site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारीको ठगी नियन्त्रण गर्न प्रभावकारी कानुन बनाउन सुझाव
Tiktok banner adTiktok banner ad

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले सहकारी ठगी नियन्त्रण गर्न हालको कानुनले समाधान नदिए प्रभावकारी कानुन निर्माण गर्न सुझाव दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिको बैठकमा महान्यायाधिवक्ता रमेश बडालले सहकारी क्षेत्रलाई समस्यामुक्त बनाउन प्रभावकारी कानुन चाहिने सुझाव दिए ।

समितिले सुझावका लागि महान्यायाधिवक्ता बडालसहित सर्वोच्चका वरिष्ठ रजिस्ट्रार देवेन्द्रराज ढकाल, नायव महान्यायाधिवक्ता र सहमहान्यायाधिवक्तासमेतलाई बोलाएको थियो ।

छलफलका क्रममा सहकारी ठगी सम्बन्धमा सहकारी ऐनअनुसार सहकारी ठगी र अपराध संहिताअनुसार ठगीमा मुद्दा चलाउने समय नपुगेकाले नयाँ प्रबन्ध गर्नुपर्ने सुझाव आएको समितिका सभापति सूर्य थापाले जानकारी दिए ।

उनीहरूले सहकारी ठगीमा प्रहरीले जाहेरी लिन नमाने सरकारी वकिलमार्फत पनि जाहेरी दिन सकिने प्रबन्ध रहेको बताएका थिए ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro