site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मध्यपहाडी लोकमार्गको रुकुमखण्ड अवरुद्ध
फाइल तस्बिर ।

रुकुम पश्चिम । मध्यपहाडी राजमार्गअन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिका–६, रानीकोटमा बुधबार साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएसँगै रुकुम पूर्वबाट रुकुम पश्चिम, दाङ, नेपालगन्ज जाने तथा रुकुम पूर्व हुँदै बागलुङ, पोखरा र काठमाडौं जाने सवारीसाधन रोकिएका  रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए ।

सडकमा ठूलो पहिरो खसेका कारण तत्काल सडक सञ्चालन गर्न समस्या भएको छ । बाटो खोल्ने प्रयास जारी रहेको उनले जानकारी दिए । पानी नपरेमा आज दिउँसोसम्ममा सडकमा यातायात सञ्चालन गराइनेछ । रासस

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro