site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
क्लब मैत्रीपूर्ण फुटबलमा सिटी पराजित

काठमाडौं । नयाँ सिजनअघिको क्लब मैत्रीपूर्ण खेलमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी स्कटिस टोली सेल्टिकसँग ४–३ ले पराजित भएको छ ।

बुधबार अमेरिकास्थित केनान मेमोरियल रंगशालामा भएको खेलमा सेल्टिकलाई जित दिलाउन निकोलस गेरिक कुनले दुई गोल गरे । केयोगो फुरुहासी र लुइस पाल्माले समान एक गोल थपे । सिटीका ओस्कार बब, माक्सिमो पेरोने र एर्लिङ हाल्यान्डले समान एक गोल फर्काएका थिए ।

कुनले १३औँ मिनेटमा गोल गर्दै सेल्टिकलाई अग्रतामा राखेका थिए । तर, ३३औँ मिनेटमा बबले गोल गरेपछि सिटी खेलमा फर्किएको थियो । ३६औँ  मिनेटमा कुनले दोस्रो गोल गर्दा सेल्टिकले पुनः २–१ को अग्रता बनाएको थियो । ४४औँ मिनेटमा फुरुहासीले गोल गरेपछि सेल्टिकले पहिलो हाफमा ३–१ को अग्रता बनाएको थियो ।

४६औँ मिनेटमा पेरोनेले सिटीबाट दोस्रो गोल फर्काए । ५७औँ मिनेटमा हाल्यान्डको गोलमा सिटी बराबरीमा फर्किएको थियो । तर, ६८औँ मिनेटमा पाल्माले गरेको निर्णायक बनेपछि सेल्टिकले ४–३ को रोमाञ्चक जित निश्चित गरेको हो ।

प्रि–सिजन तयारीमा रहेको सिटीले अब इटालीयन क्लब एसी मिलान, स्पेनिस क्लब बार्सिलोना र अर्को इंग्लिस क्लब चेल्सीसँग खेल्ने तालिका छ । यस्तै, सेल्टिकले अब आइतबार चेल्सीसँग खेल्नेछ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ११:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro