site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चिनियाँ जेलबाटै तीन सय मिलियन डलरको सेयर कारोबार ! 

बेइजिङ । चीनको जेलमा रहेका एक कुख्यात क्यानडाको पासपोर्ट   होल्डर व्यापारी सिआओ जिआनहुवाले जेल भित्रैबाट चर्चित व्यापारी ज्याक मा को कम्पनीबाट सेयर कारोबार गरिरहेको खुलेको छ । 

न्यूयोर्क टाइम्स र वायर चाइनाले लामो समय गरेको अनुसन्धानका क्रममा सो कुरा खुलेको हो ।  अनुसन्धानमा सिआओसँग सम्बन्ध रहेका विभिन्न व्यक्ति र उनको कम्पनीका कागजातको अध्ययन गरिएको जनाइएको छ । 
अनुसन्धानका क्रममा करिब २ हजार कागजातको अध्ययन गरिएको थियो ।   

नयाँ अनुसन्धानमा देखिएअनुसार जिआओका  ब्रिटिश भर्जिन  आइल्यान्डमा थुप्रै अफशोर कम्पनी थिए जुन पेपरमा देखिन्थे ।  २०१७मा क्यानडा, एन्टिगुवा एण्ड बर्बुडाको पासपोर्टधारी उनलाई हङकङको होटलबाट अपहरणजस्तै पक्राउ गरेर चीनको मुख्य भूभागमा ल्याइयो । 

Dabur Nepal
NIC Asia

न्यूयोर्क टाइम्सका अनुसार सुरक्षा क्यामरामा देखिएको फुटेजमा  उनी होटलको लबीबाट अनुहार ढाकेर बाहिर निकालिएका थिए । 

उनीसँगै अरु केही अपरिचित व्यक्ति पनि थिए । जो सँग ठूलो सुटकेश थियो । हङकङ प्रहरीले उनी बेपत्ता भएको कुरा भनेन । उनको गिरफतारीपछि चीनले अधिकांश उनका कम्पनीलाई भंग गर्‍यो । 

अगस्ट २०२२मा जिआओलाई १३ वर्ष जेल हालियो । उनलाई घुस खाएको र कोषको दुरुपयोग गरिएको जनाइएको थियो । 

चिनियाँ अदालतका अनुसार त्यसले चीनको आर्थिक सुरक्षामा चुनौती सिर्जना गरेको थियो । जिआओलाई ९ लाख ६० हजार डलर जरिवाना तिराइएको थियो । यसैगरी टुमरो ग्रुपलाई ८ दशमलब १ बिलियन डलर जरिवाना गरिएको थियो ।

उनको टुमरो ग्रुप चीनमा भंग भए पनि जिआओले अफशोर कम्पनी मार्फत  ज्याक माको कम्पनीमा निरन्तरता दिएका थिए ।   अनुसन्धानले देखाएअनुसार जिआओको नेटवर्कले आन्ट ग्रुपको आइपिओ (इनिसियल पब्लिक अफरिङ) बाट ३०० मिलियन डलर पाएको थियो । यो क्रम  सन २०२०को अन्तिममा सो मामिला रद्ध गरिनु अघिसम्म चलेको थियो ।

सिआओ जिआनहुवा तियानमेन स्क्वायरको प्रदर्शन चलिरहेको बेलामा पेकिङ युनिभर्सिटीको स्टुडेन्ट युनियनका प्रमुख थिए । 

चीनका राजनीतिक एलिटले उनलाई एउटा बैंकरको रुपमा चिन्थे ।   यस्तो मान्नेमा चीनका राष्ट्रपति सी जिनपिङका बहिनी र ज्वाइँ पनि पर्दथे । 

उनको टुमरो ग्रुपको अनुमानित मूल्य १०० बिलियन डलर भन्दा बढी थियो । र, जिआओले पेकिङ र शिंगुआ युनिभर्सिटीलाई ५० मिलियन डलर भन्दा बढी अनुदान दिएका थिए भने हार्वर्ड युनिभर्सिटीलाई १० मिलियन डलर दिएका थिए । 

उनी जटिल र संकुचित कुख्यात व्यापारमा सामेल थिए । चिनियाँ मिडियाले २०१३मा रिपोर्ट गरेअनुसार उनले ९ वटा कम्पनी र १७ वटा बैंक नियन्त्रणमा लिएका थिए ।  २०१४को द न्यूयोर्क टाइम्सको प्रोफाइलमा ३० वटा फाइनान्सियल इन्स्टिच्युटको हिस्सा लिएका थिए । अरुले त झन् यो हिस्सा ६० भन्दा बढी भएको जनाएका छन् ।

अनुसन्धानका क्रममा ज्याक माले एक वकिल मार्फत कुरा गर्दै उनको जिआओसँग कुनै बिजनेश सम्बन्ध नभएको बताएका छन् ।  यस्ता गतिविधिले थुप्रै जवाफ नभएका प्रश्न उब्जाएको छ ।  अनुसन्धानमा राष्ट्रपति सीलाई  ज्याक मा र जिआओको सम्बन्ध थियो कि थिएन भन्ने बारेमा जानकारी भए नभएको जानकारी हुन नसकेको जनाइएको छ ।

यद्यपी उनको निर्णयले नै आन्टको आइपिओ रद्ध गर्ने निर्णयमा योगदान गरेको छ ।  टुमरो ग्रुपका एक पूर्वअधिकारीले आफूहरुलाई थाहा भएसम्म ज्याक मालाई सो कुरा थाहा नभएको जनाएको न्यूयोर्क टाइम्सले जनाएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ०९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro