site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नुवाकोटमा अविरल वर्षापछिको पहिरोबाट ९ परिवार विस्थापित
प्रतीकात्मक तस्बिर ।

त्रिशूली (नुवाकोट) । अविरल वर्षासँगै आएको पहिरोले नुवाकोटमा नौ परिवार विस्थापित भएका छन् । पहिरोले एक घर र पसल बगाएको छ ।

सूर्यगढी गाँउपालिका–४ अर्चलेमा आज बिहान बस्ती माथिबाट आएको पहिरोले कमलबहादुर तामाङको पक्की घर र किराना पसल बगाएको हो । 

वडा नम्बर ४ का अध्यक्ष रामशरण राईले किराना पसल बगाउँदा १० लाख बराबरको सामग्री पहिरोमा पुरिए बताए ।

अर्चलेस्थित बस्ती माथिबाट बगिरहेको पहिरोले सोही स्थानका अन्य एक दर्जन परिवार विस्थापित भएका छन् । पहिरोले घरमा क्षति पुर्‍याउन थालेसँगै आफूहरू छिमेकी गाउँमा आश्रय लिन बाध्य भएको पहिरोपीडित राजकुमार तामाङले बताए ।

उनीसहित रामकुमार तामाङ, सुवास तामाङ, शुकबहादुर रुम्बा, शुकबहादुर तामाङ, भैरवबहादुर तामाङ, प्रेमबहादुर तामाङ, सरोज तामाङ, रामकृष्ण तामाङको परिवार विस्थापित भएका हुन् ।

उक्त स्थानमा १५ वर्षअघि पनि पहिरो जाँदा पाँच परिवार विस्थापित भएको थिए । अन्यत्र जमिन नभएकाले सोही स्थानमा बसोबास गर्दै आएकामा फेरि पहिराको जाखिम बढेपछि घर छोड्नुपरेको पीडितको गुनासो छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  २३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro