site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जोडियो ६ उद्योगको बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलको बक्यौता रकम नतिरेका ६ उद्योगमा काटिएको बिजुली लाइन जडान गरेको छ ।

प्राधिकरणको सञ्चालक समितिको बैठकले मंगलबार दिउँसो ६ उद्योगमा बिजुलीको लाइन जडान गर्ने निर्णय गरेको थियो ।

Dabur Nepal
NIC Asia

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको सचिवालयका अनुसार मंगलबार बेलुका ८ बजेदेखि विद्युत् जडान गरिएको हो ।

तीन महिनाभित्र उद्योगीहरूको बक्यौता भुक्तानी नभए प्राधिकरणले कारबाही अगाडि बढाउने गरी भइको सञ्चालक समिति बैठकको निर्णय र विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरूको विद्युत् लाइन जोड्ने निर्णय गरेको हो । 

उद्योगहरूले विद्युत् महसुलको बक्यौता नतिरेपछि गत असार २५ गतेदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिलको लाइन काटेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  २२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro