site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
डेंगी नियन्त्रणमा स्थानीय तह र अस्पतालाई तयारी अवस्थामा राखिएको छ : स्वास्थ्यमन्त्री पौडेल 
फाइल तस्बिर ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी संक्रमण नियन्त्रणका निम्ति स्थानीय तह, अस्पताल तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पौडेलले पछिल्ला ६ महिनायता एकहजार ८०० जनामा डेंगी पुष्टि भएको र आगामी तीन महिनाको जोखिमलाई हेरेर तयारी गरिएको बताए ।

मन्त्री पौडेलका अनुसार डेंगीबारे ८०० बढी चिकित्सक सवाथ्यकर्मीलाई अभिमुखीकरण तालिम दिएर सबै अस्पताललाई तयारी अवस्थामा राखिएको छ ।

Dabur Nepal
NIC Asia

डेंगीको परीक्षण, उपचार, सचेतना कार्यक्रमका निम्ति चालु आर्थिक वर्षमा स्थानीय तहमा सात करोड ९८ लाख र जिल्लास्तरमा दुई करोड रुपैयाँ बजनेट विनियोजन गरिएको छ । 

साथै, परीक्षणका निम्ति सबै तहमा गरी ४६ हजार किट वितरण गरिएको र प्रदेशस्तरका प्रयोगशालालाई पनि तयारी राखिएको उनले बताए । डेंगी नियन्त्रणका निम्ति 'खोज र नष्ट गर' अभियान तथा मृत्युलाई शून्यमा राख्न तीनवटै तहमा समन्वयको काम भइरहेको मन्त्री पौडेलले बताए । 

उनले जापानमा प्रयोग भइरहेको डेंगीविरुद्धको खोप ल्याउनेबारे पनि मन्त्रालयले काम अघि बढाउने प्रतिबद्धता जनाए ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद प्रतिमा गौतमले डेंगीको प्रकोपलाई लिएर जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गरेकी थिइन् । प्रस्तावमा चारजना सांसदले समर्थन गरेका थिए । प्रस्तावमा १५ जना सांसदले धारणा राखे ।

प्रस्तावमा तीव्ररूपमा देशभरि फैलिई जनस्वास्थ्य संकट उत्पन्न हुन गई अस्पतालमा गम्भीर अवस्थाका बिरामीहरू भर्ना हुने संख्यामा वृद्धि, समाजमा डर र त्रासको माहोल उत्पन्न भएकाले डेंगीको प्रभावकारी नियन्त्रण एवं भविष्यमा सिर्जना हुने गम्भीर र दीर्घकालीन असर न्यूनीकरण तथा रोकथामका लागि सरकारलाई निर्देशन दिन अपरिहार्य भएको उल्लेख थियो ।

सांसदहरूले डेंगी संक्रमण नियन्त्रणका निम्ति सचेतनाका कार्यक्रममा जोड दिन, स्थानीय तहलाई सक्रिय बनाउन, डेंगी फैलिन नदिन अन्तर मन्त्रालय समन्वय गर्न तथा समयमै पूर्वतयारी गर्न जोड दिएका थिए । साथै संक्रमण नियन्त्रणका निम्ति जापानमा प्रयोग भइरहेको खोप ल्याउनेबारे पनि सांसदहरूले मन्त्रालयको धारणा मागेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १९:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro