site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतीय बजेटमा करका दर हेरफेर

नयाँ दिल्ली । भारतमा मंगलबार ल्याइएको नयाँ बजेटमा न्यु ट्याक्स रिजिम चुन्नेलाई स्टयान्डर डिडक्सन ५० हजारबाट बढाएर ७५ हजार भारु पुर्‍याइएको छ ।

अर्थमन्त्री निर्मला सीतारमणले प्रस्तुत गरेको उक्त बजेटमा तीन लाखसम्म कुनै कर नलाग्ने, सात लाखसम्म ५ प्रतिशत र १० देखि १२ लाख भारुसम्मको तलब हुनेका निम्ति १५ प्रतिशत कर तोकिएको छ । १५ लाखसम्मको तलबमा २० र १५ लाखभन्दा माथिमा ३० प्रतिशत कर तोकिएको छ ।

उनले ‘इनकम ट्याक्स एक्ट’ ६ महिनामा समीक्षा गरिने जनाएकी छन् । इनकम ट्याक्स सहज गरिने र टीडीएस समयमा नदिइएमा त्यसलाई अपराध मानिने जनाइएको छ ।

बजेटमा क्यापिटल गेन लिमिटलाई २५ हजारबाट बढाएर अब एक लाख २५ हजार बनाइएको छ । लगानीमा लगाइने एन्जेल ट्याक्सलाई अब हटाइएको जनाइएको छ ।

भारतीय अर्थमन्त्रीले शिक्षा र रोजगारका निम्ति १.४८ लाख करोड भारु बजेट विनियोजन गरेकी छन् । उनका अनुसार, बजेट रोजगार, प्रशिक्षण, एमएसएमई र मध्यमवर्गमा केन्द्रित गरिएको छ । बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro