site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
भाषाकर्मीले सर्वोच्चलाई धन्यवाद दिँदै मनाए खुसियाली 

काठमाडौं । नेपाली भाषाको शुद्धताका निम्ति विगत १३ वर्षदेखि अभियान सञ्चालन गर्दै आएका भाषाकर्मीले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै खुसी व्यक्त गरेको छ । सोमबार पाटनढोकास्थित यलमाया केन्द्रमा आयोजित कार्यक्रममा ‘नेपाली कसरी शुद्ध लेख्ने (नेकशुले)’ अभियानमा आबद्ध भाषाकर्मीले नेकशुलेको मर्मानुरूप सर्वोच्चबाट फैसला भएको भन्दै एकापसमा खुसी साटासाट गरे ।

गएको असार ९ गते सर्वोच्चले टिप्पणी आदेशका भरमा वर्णविन्यास र व्याकरण परिवर्तन गर्न नहुने फैसला गरेको थियो । नेपाली भाषाको वर्णविन्यास भत्काइएको र त्यसलाई बदर गर्नुपर्ने भन्दै स्वागत नेपाल र टपेन्द्र कार्कीले रिट दायर गरेका थिए । रिटमाथि सुनुवाइपछि सर्वोच्चका न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासबाट उक्त फैसला गरिएको थियो ।

कार्यक्रममा भाषाविद् शरच्चन्द्र वस्तीले सर्वोच्चको फैसला नेकशुलेको भावनाअनुसार आएको भन्दै खुसी व्यक्त गरे । वस्तीले उक्त फैसलाले भाषालाई जथाभावी गिजोल्न नहुने मान्यता स्थापित गरिदिएको उल्लेख गरे ।

कार्यक्रममा नेपाली भाषाका कोशकार चूडामणि गौतमले भाषाको शुद्धताबारे बोले । भाषाशास्त्री मुकुन्दशरण उपाध्यायले भाषाका क्षेत्रमा थप काम गरिनुपर्ने बताए । अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेले भाषाको प्रयोगमा एकरूपता हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रकाश वस्ती, खगेन्द्र संग्रौला, रमेश खकुरेल, लोचन भट्टराईलगायत व्यक्तिले बोलेका थिए । त्यस अवसरमा संकल्प प्रस्ताव पनि पारित गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ०९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro