site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपालमा भारतीय पूर्वराजदूत केभी राजनको के हो मुख्य चासो ?
SkywellSkywell

काठमाडौं ।  कृष्ण भी राजन अर्थात केभी राजन भारतका अवकाशप्राप्त भेट्रान कूटनीतिज्ञ हुन् । भारतीय विदेश सेवाका पूर्वसदस्य उनी फ्रान्स, अमेरिका, बेलायत, जाम्बिया, अल्जेरिया र नेपालका राजदूत रहिसकेका छन् । 

उनले विदेश मन्त्रालयमा महत्वपूर्ण भूमिकासमेत खेलेका छन् ।  उनले प्रधानमन्त्रीको विशेष दूतका रुपमा समेत काम गरेका थिए ।  

१९९५ देखि २००० सम्म उनी नेपालको राजदूत थिए । १९९६मा नेपाल र भारतबीच महाकाली सन्धि भएको बेलामा उनी नेपालका लागि भारतका  राजदूत थिए । त्यतिबेला सो सन्धि गराउन उनको भूमिका महत्वपूर्ण मानिन्छ ।

Dabur Nepal
NIC Asia

पछिल्लो समयमा उनी नेपालसँगको भारतको सम्बन्धलाई लिएर निकै मुखर रुपमा चिन्ता व्यक्त गर्दै आएका छन् ।  उनले आइतबार मात्रै पोलिसी प्रोफेसनल अतुल के ठाकुरसँग मिलेर संयुक्त रुपमा  टाइम्स अफ इन्डियामा एक लेख पनि लेखेका छन् । 

जसमा चीनका गतिविधि नेपालमा बढ्न सक्ने अवस्थालाई लिएर प्रतिरक्षा रणनीति अपनाउनुपर्ने सुझाव दिइएको छ । 

उनले दुई साता अघि मात्रै पनि  ‘द ललनटप’ भन्ने एक भारतीय टेलिभिजन शोमा  भारतको नेपालसँगको पछिल्लो सम्बन्धलाई लिएर चिन्ता व्यक्त गरेका थिए ।

उनले त्यस अन्तर्वार्तामा नेपाल–भारतको सम्बन्ध अरु छिमेकी भन्दा पहिलादेखि नै निकै राम्रो भएको चर्चा गर्दैै तर, अहिले चीनसँगको गतिविधिले खतरा उत्पन्न हुने अवस्था आएको बताएका छन् ।

सो अन्तर्वार्तामा उनले १९४७ मा नेपाल धेरै पछि परेको ठानेर राजा त्रिभुवनले पण्डित जवाहरलाल नेहरुलाई दिने प्रस्ताव गर्दा पनि भारत स्वयम् त्यतिबेला पिछडिएको मुलुक भएकोले पण्डित नेहरुले अस्वीकार गरेको जनाएका छन् ।

उनले भारतले विकास निर्माणदेखि धेरै हिसाबले नेपाललाई सहयोग गरेको भए पनि नेपालमा त्यसप्रति कृतज्ञता नभएको पछिल्लो समयमा पाइएको उनको भनाई थियो ।

उनले पण्डित नेहरुले नेपाललाई भारत र चीनको बीचमा बफर स्टेटको रुपमा रहोस् भन्ने चाहेको उल्लेख गरेका छन् ।

उनले नेपालसँग रोटीबेटीको सम्बन्ध रहेको जनाउँदै तर पछिल्लो समयमा चीन कार्ड प्रयोग गर्दा त्यसमा पनि खतरा पुग्न सक्ने जनाइएको छ । भारत अहिले विश्वमा नै आफ्नो भूमिका खेल्न लागेको जनाउँदै त्यसमा नेपाल समेत अन्य छिमेकीहरुलाई पनि साथमै लिएर जानुपर्ने चर्चा गरेका छन् । 

उनले नेपाल अहिले क्षेत्रीय रुपमा सबैभन्दा सम्पन्न हुनुपर्नेमा गरिबीमा रहेको समेत चर्चा गरेका छन् ।

उनले नेपालबाट राजतन्त्र जानुमा थोरबहुत भारतको पनि हात रहेको चर्चा गर्दै दरबार हत्याकाण्ड अघि राजा र दलहरु सबैसँग  भारतको राम्रो सम्बन्ध रहे पनि त्यसपछि तत्कालीन राजा ज्ञानेन्द्र आएपछि प्रजातन्त्र मास्ने काम गर्न खोजेको र भारत विरोधी गतिविधि पनि बढेको उनले अन्तर्वार्तामा चर्चा गरेका छन् । 

त्यसभन्दा अघि भारतले सधैँ संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र नेपालका दुई पिल्लर नीतिका रुपमा भारतले लिएको समेत चर्चा गरिएको छ । 

उनले खासगरी चीनसँगको सम्बन्धलाई लिएर बढी चिन्ता र चासो व्यक्त गरेको पाइएको छ । 

उनले एक प्रसंगमा भारतमा कहिलेकाहीं ‘एन्टि इन्डिया’को भावना आउने गरेपनि एन्टि इन्डिया हुनेहरु नै पछि ‘प्रो इण्डिया’ हुने गरेको समेत बताएका छन् । 

महाकाली सन्धिमा महत्वपूर्ण भूमिका खेलेका र त्यतिबेला अहिले सत्तामा नेतृत्व गरिरहेको दल नेकपा (एमाले) भित्रका गतिविधि नजिकबाट नियालेका राजनले आइतबार प्रकाशित लेखमा समेत एक प्रसंगमा प्रधानमन्त्री केपी शर्मा ओलीबारे एउटा धारणा राखेका छन् । 

जसमा ओलीलाई अक्सर भारत विरोधी रुपमा देखाउने गरिए पनि उनको विगत नेपालमा आन्तरिक रुपमा त्यसको विपरीत भएको  कारणले आलोचना हुने गरेको स्मरण समेत उनले गरेका छन् ।  
तस्बिर– स्क्रोलडटइन 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ०८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu