site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वैदेशिक व्यापार घाटा १४ खर्ब ४० अर्ब, निर्यात तीन प्रतिशतले खुम्चियो
Tiktok banner adTiktok banner ad

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म नेपालको वैदेशिक व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष २०७९/८० को तुलनामा व्यापार घाटा केही घटे पनि निर्यातमा आएको संकुचनको प्रभाव त्यसमा देखिएको भन्सार विभागले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा व्यापार घाटा ०.९६ प्रतिशतले घटेको छ । तर, अघिल्लो वर्षको तुलनामा आयात र निर्यात कम भएकाले व्यापार घाटा पनि घटेको देखिएको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्म १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरिएको छ । उक्त अवधिमा एक खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको छ । अघिल्लो वर्षका तुलनामा आयात १.१६ र निर्यात ३.०३ प्रतिशतले घटेको छ ।

नेपालको वैदेशिक व्यापार कुल १७ खर्ब ४५ अर्ब ३६ करोड रुपैयाँको भएको विभागले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro