site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सहकारीको बचत दुरुपयोगबारे स्थानीय तहसँग संसदीय छानबिन विशेष समितिको छलफल

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोगबारे संसदीय छानबिन विशेष समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै स्थानीय तहका प्रतिनिधिसँग छलफल गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको १९औँ बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवका साथै नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघलगायत निकायका प्रतिनिधिसँग छलफल गरिएको समितिका संयोजक सूर्य थापाले जानकारी दिए ।

छलफलका क्रममा स्थानीय तहमा रहेका २४ हजार सहकारीमध्ये कुनैमा पनि ठगीसम्बन्धी समस्या नदेखिएको जानकारी प्राप्त भएको उनले बताए ।

थापाले स्थानीय तहमा सहकारीलाई थप सुदृढ बनाउनका साथै समस्यामुक्त बनाउन सुझाव समेत प्राप्त भएको उल्लेख गरे ।

उनले सहकारी संस्थाको बचत दुरुपयोगका विषयमा सरोकारवालासँग निरन्तर छलफल गर्ने र आवश्यक निष्कर्षमा पुगिने जानकारी दिए । हिमालयन टेली भ्वाइस  
 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro