site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वाग्मती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्दै
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं  । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज दाबी पेस गर्ने भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को समर्थनमा नेता लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् ।

प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दलहरूलाई यही साउन ८ गते साँझ ५ बजेसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गरेका छन् । “दुई दलबीच पहिला नै मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्ने सहमति भइसकेको छ,” लामाले भने ।

नयाँ राजनीतिक समीकरणअनुसार नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने भन्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख शर्मालाई राजीनामा पत्र बुझाएका थिए । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै अर्को सरकार गठन नहुञ्जेलसम्म उनलाई कामचलाउ मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १०:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro