site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिला एसिया कपः पाकिस्तानविरुद्ध नेपालको लज्जास्पद हार
Tiktok banner adTiktok banner ad

काठमाडौं । एसीसी महिला एसिया कपको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध नौ विकेटको लज्जास्पद हार व्यहोरेको छ ।

आइतबार श्रीलंकाको दम्बुल्लामा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १०९ रनको लक्ष्य पाकिस्तानले ११.५ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।

पाकिस्तानको जितमा ओपनर गुल फिरोजाले अर्धशतक बनाइन् । फिरोजाले ३५ बलमा १० चौकासहित ५७ रन बनाइन् । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा फिरोजाको यो पहिलो अर्धशतक हो ।

मुनिबा अलीले पनि अविजित ४६ रन बनाइन् । यी दुईले पहिलो विकेटका लागि ११.३ ओभरमा १०५ रनको साझेदारी गर्दै पाकिस्तानलाई जित नजिक पुर्याएका थिए । तुवा हसन एक रनमा अविजित रहिन् ।

पाकिस्तानविरुद्ध फितलो देखिएको नेपाली बलिङ टिमबाट एकमात्र विकेट कविता जोशीले लिइन् ।

त्यसअघि, टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०८ रनको योगफल खडा गरेको थियो ।

नेपालकी कविता जोशीले सर्वाधिक ३१ रन बनाइन् । सीता रानामगरले २६, पूजा महतोले २५ र कविता कुवरले १३ रन थपे ।

पाकिस्तानकी सादिया इक्बालले दुई विकेट लिइन् । फतिमा सानाको नाममा एक विकेट रह्यो ।

प्रतियोगितामा पहिलो जित निकालेको पाकिस्तानले सेमिफाइनल सम्भावना कायम राखेको छ । पाकिस्तान यसअघि भारतसँग सात विकेटले पराजित भएको थियो ।

प्रतियोगितामा नेपालको यो पहिलो हार हो । नेपालले यसअघि युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध ६ विकेटको जित निकालेको थियो ।

जितसँगै समूह ‘ए’ मा पाकिस्तानले दुई अंक जोडेको छ । समूहमा नेपालको पनि दुई अंक नै छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  २२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro