site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘नयाँ सरकारले जनताको आशालाई विश्वासमा परिणत गर्नसक्छ’
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा वर्तमान सरकार गठन भएपछि सांसदहरुले राष्ट्रियता, आर्थिक अनुशासन र सुशासन प्रवर्द्धन गर्न सफल हुने विश्वास व्यक्त गरेका छन् । 

प्रतिनिधिसभाबाट प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीको जिज्ञासामा नेकपा एमालेका नेता योगेशकुमार भट्टराईले नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सहमति तथा अरु दलको सहयोग र समर्थनमा बनेको वर्तमान सरकारले अर्थतन्त्रलाई सकरात्मक दिशा दिने बताए । लगानीको वातावरण बनाउने र रोजगारीको अवसर बढाउने ऐतिहासिक कार्यभार र दायित्व सरकारसामु रहेको उनको भनाइ छ । 

विदेश पलायन भएका जनशक्तिलाई देशभित्रै रहने वातावरण बनाउनेलगायत केही मुख्य जिम्मेवारी रहेको बताउँदै उनले भने, “असाधारण ढंगले असाधारण काम गर्नका लागि हामी एक ठाउँमा आएका हौँ ।”

KFC Island Ad
NIC Asia

नेता भट्टराईले देशभित्र जनतामा आत्मविश्वास बढाउने, दलकाबीचमा सहमति निर्माण गर्ने गरी संविधानको पुनरावलोकन र समीक्षा  गर्दै आवश्यक परेमा संशोधन समेत गर्ने समेत दायित्व रहेको बताए । 

नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डेले वर्तमान परिस्थितिलाई ध्यानमा राखी मुलुक र जनहितमा उठेको प्रश्न र समस्या समाधान गर्नेतर्फ नयाँ सरकारको ध्यान जान आवश्यक रहेको प्रतिक्रिया दिए । 

उनले भने, “विश्वासको मत लिने सिलसिलामा सदनमा आफूले राखेका कुरालाई सम्बोधन गरी सबैलाई विश्वासमा लिएर अघि बढने विषयलाई ख्याल गर्नुपर्छ ।  भ्रष्टाचार नियन्त्रण र सुशासनमा जोड दिनुपर्छ ।”

नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकमा राजनीतिक अस्थिरता हटाउन साना दलको समेत सहभागितामा गठन भएको सरकारमा लोकतन्त्रप्रतिको गहिरो सम्मान र  प्रतिबद्धता रहेको बताए । 

नयाँ सरकार गठन भएसँगै अर्थतन्त्र चलायमान हुने तथा निजी क्षेत्रको आत्मविश्वास बढ्ने संकेत देखिएको बताउँदै नेता महतले भने, “वर्तमान सरकार सफल हुन्छ । चुनौती धेरै छन्, त्यसलाई पन्छ्याउन धेरै मेहनत र समन्वयका साथ काम गरेपतिछ जनताको आशा विश्वासमा परिणत हुन्छ ।” 

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का नेत्री एवमं पूर्वमन्त्री रेखा शर्माले सरकारले गर्ने कामको गुण र दोषका आधारमा प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताइन् । 

उनले भनिन्, “पश्चगमनमा जाने कुरालाई समर्थन गर्दैनौं । त्यसको डटेर मुकाबिला गर्छौं । सकारात्मक काममा रचनात्मक सहयोग गर्छौं ।” रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  २१:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro