site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विराटनगरमा कार्यालयबाट १४ लाख लुटपाट
प्रतीकात्मक तस्बिर ।

विराटनगर । मोरङको विराटनगरस्थित एक जब प्लेसमेन्ट कम्पनी (जागिरमा लगाइदिने)बाट अज्ञात समूहले १४ लाख रुपैयाँ लुटपाट गरेको छ । विराटनगरको कञ्चनबारीस्थित एभरेस्ट बैंकबाट झिकेर ल्याइएको रकम आइतबार अपराह्न लुटिएको हो ।

मोटरसाइकलमा आएका लुटेराले रकम लुटेको विराटनगर महानगरपालिका–३ का अमलेशकुमार कर्णले बताए । कार्यालयमा आएका एक नकाबधारीले झोला थुतेर भागेको उनको भनाइ छ ।

पाथीभरा जब प्लेसमेन्ट प्रालिका सञ्चालक विवेक कर्णले लेबर पेमेन्टका निम्ति बैंकबाट झिकेर ल्याएको रकम लुटिएको जानकारी दिए । उनले भने, “बैंकबाटै लुटेराले दागा धरेको अथवा चिनजानकै कसैले योजना बनाएर लुटेको हुनसक्छ ।”

मोटरसाइकलमा आएका लुटेराले नकाब लगाएर कार्यालयमा हतियार देखाई झोला खोसेर भागेको कर्णले सुनाए । ती व्यक्ति कार्यालयनजिकैको सडकमा स्टार्ट बन्द नगरी राखिएको मोटरसाइकल चढेर भागेको उनले जानकारी दिए ।

घटनामा संलग्नको खोजीकार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उक्त कम्पनीले निर्माण र अरू क्षेत्रमा काम गर्ने श्रमिकलाई रोजगारी दिने गर्छ ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro