site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हरिवंश आचार्य अस्पताल भर्ना

काठमाडौं । हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि मोरङको विराटनगरमा रहेका उनलाई अस्पताल भर्ना गरिएको हो । विराट नर्सिङ होममा उनको उपचार भइरहेको छ । 

विराट नर्सिङ होमका सूचना सहायक सजन पासवानले आचार्यलाई अस्पतालमा भर्ना गरेर उपचार भइरहेको बताए । आचार्यलाई चिकित्सक राजीव साहले स्वास्थ्य परीक्षण गरिहेका छन् । पासवानले भने, “नाकबाट ब्लड गएपछि उपचारका लागि भर्ना हुनुभएको छ ।” 

हिमगिरी सोप इन्डस्ट्रिजको कार्यक्रममा सहभागी हुन शनिबार हरिवंश विराटनगर गएका थिए ।  उधोगी प्रकाश मुन्दडाले आफूहरुको कार्यक्रममा शनिबार महजोडी सहभागी भएको बताए । 

“नाकबाट अचानक रगत बगेपछि उहाँलाई अस्पताल भर्ना गरिएको हो,” कलाकार किरण केसीले भने, “अहिले अवस्था सामान्य छ । ठूलो समस्या केही होइन ।” 

हरिवंश भोलि बिहान काठमाडौं फर्किने केसीले जानकारी दिए । आज बिहान काठमाडौं फर्किने कार्यक्रम रहे पनि भोलि मात्रै फर्किने उनले जानकारी दिए ।  आचार्यलाई भेट्न कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की पनि अस्पताल पुगेका छन् । 

 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro