site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जतिसुकै ‘तरक्की’ गरे पनि युवा विदेशिन रोकिँदैनन, जहाँ छन् त्यहीबाट जोड्न सक्नुपर्छ : वर्षमान पुन

काठमाडौं । नेकपा (माअ‍ोवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले देशले तरक्की गर्दैमा युवाहरू विदेशिन नरोकिने बताएका छन् । आइतबार प्रधानमन्त्रीले विश्वासको मत मागेको प्रस्तावको छलफलमा बोल्ने क्रममा पुनले प्रधानमन्त्रीले गलत तथ्यांकसहित निराशा देखाउने प्रयास गरेको बताए ।

उनले प्रधानमन्त्रीका भनाइ कर्णप्रिय लागे पनि तथ्यांक भने गलत प्रस्तुत भएको बताए । उनले नेपालले आईटी क्षेत्रमा भएको प्रगतिबारे पनि चर्चा गरे ।

“यो ग्लोबल भिलेजमा जतिसुकै सेवा सुविधा भए पनि युवाहरू रोक्न सकिँदैन । उनीहरूलाई जहाँ भए पनि नेपालसँग जोड्न सक्नुपर्छ,” पुनले भने, “एक खर्ब बराबरको वार्षिक आईटी सेवा निर्यात भएको छ । पाँच वर्षभित्र १५ लाख रोजगारी सिर्जना गर्ने, २० खर्बको आईटी सेवा निर्यात गर्ने क्षमता हामीसँग छ ।”

उनले ‘ब्रेन ड्रेन भयो’ भनेर निराशा बाड्नुको साटो आईटीमार्फत ती युवाहरूलाई देशसँग जोड्नसपर्ने बताए । उनले प्रधानमन्त्री ओलीका कर्णप्रिय भनाइ पनि इतिहासँग जोडेर विश्वास गर्नुपर्ने बताए ।

“प्रधानमन्त्रीका शब्द त कर्णप्रिय छन् । तर, कतिपुय कुरा इतिहाससँग तुलना गरेर विश्वास गर्नुपर्ने हुन्छ,” पुनले भने, “कांग्रेस–माओवादी र एमाले–माओवादी सहकार्यको सरकारलाई निराशाका रूपमा प्रस्तुत गर्न खोजिएको छ । वास्तवमा त्यो तथ्य होइन ।”

उनले ओलीले तीन वर्ष सरकारको नेतृत्व गर्दा देशमा साढे १० खर्ब ऋण बढाएको बताए । 

“ऋण लिएर घिउ खाने जस्तो अवस्था भयो । उहाँ पछिको आजको दिनसम्मको चार वर्षमा जम्मा एक प्रतिशत मात्र ऋण वृद्धि भएको छ,” पुनले भने, “उहाँको समयमा कुल गार्हस्थ उत्पादनको ४० प्रतिशत थियो । अहिले ४१ प्रतिशत भएको छ ।”

उनले ओलीको समयमा भन्दा धेरै सय गुणा बढी वैदेशिक सञ्चिति रहेको पनि बताए । उनले तथ्यांकको विश्वास गर्ने कि भावनाको भन्दै ओलीको भनाइमा प्रश्न उठाएका थिए ।

“डेटाहरूले समर्थन गर्ने हो कि प्रधानमन्त्रीको भावनात्मक निराशा सत्य हुन्छ ?,” पुनले भने, “गरिबीको दर घटेको छ, विकासको विस्तार भएको छ । नागरिकको पहुँच विस्तार भएको छ ।”

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro