site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संविधानकै बुझाइमा प्रस्ट नभएकाहरूले कांग्रेस–एमालेको सहकार्यमा शंका गरे : गोकर्ण विष्ट 

काठमाडौं । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले संविधानकै बुझाइ पर्याप्त नभएकाहरूले कांग्रेस–एमालेको सहमतिलाई लाञ्छित गर्ने प्रयास गरेको बताएका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्ने प्रस्तावमा समर्थनका लागि रोस्ट्रममा पुगेका विष्टले प्रतिपक्षी दलका नेतासहित केहीले हावादारी आरोप लगाएको बताए ।

“सरकार गठनका विषयमा जुन प्रकारका आशंका, आलोचना र आरोप सदनमा राखिएका छन् । ती निराधार आरोपको खण्डन त आवश्यक हुँदैन, आम जनतामा भ्रम पैदान हुन नदिन केही विषय राख्न चाहन्छु,” विष्टले भने,  “पहिलो कुरा उहाँलगायतका केही पार्टीबाट यस गठबन्धनले एकाएक लुकेर संविधान संशोधन गर्न थाल्यो र मुलुकललाई संघीयताको विपरीतमा लैजाने प्रयास गरियो भनियो । दुनियामा केही कठोर संविधान छन् । तर, नेपालको संविधान लचक छ । यो संविधानले जनताका चाहना सम्बोधनमार्फत स्वीकार र सम्बोधन गर्न सक्दछ ।”

उनले संविधान संशोधनको स्पष्ट व्यवस्था रहेको भन्दै त्यसलाई अनदेखा गरेर आरोप लगाउनेहरू आफैँ लज्जित हुनुपर्ने बताए । 

“संविधान लुकेर संशोधन हुँदैन, संविधानको धारा १७४ ले सार्वभौमसत्तासँग जोडिएका विषयबाहेकलाई संशोधन गर्न सकिने प्रावधान राखेको छ । संविधानले नै संविधान संशोधनको विधेयक पेस गरेको ३० दिनभित्र जनताको सुझावका लागि पठाउने व्यवस्था छ । यति हुँदाहुँदै राखिएको आशंकालाई म संविधानप्रतिको बुझाइमा पुनर्विचार गर्न सुझाव दिन्छु,” विष्टले भने ।

उनले समावेशिता सिद्ध्याउन खोजियो भन्ने आरोप पनि निराधार रहेको बताए । एमाले सामाजिक न्याय र समावेशिताका पक्षममा लडेको पार्टी भएको बताउँदै उनले जनताका अधिकारविरुद्ध जानै नसक्नेहरूमाथिका आरोपमा आधार नभेटिने बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro