site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले–कांग्रेस गठबन्धन सरकारको विदेश नीति कस्तो हुन्छ ? 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको गठबन्धन सरकारको विदेश नीति स्वाधीनता, स्वाभिमान र विकासबाट निर्देशित हुने बताएका छन् । आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा उनले वर्तमान सरकारको विदेश नीतिबारे जानकारी गराएका हुन् ।

“हाम्रो विदेश नीति स्वाधीनता, स्वाभिमान र विकासबाट निर्देशित हुनेछ,” प्रधानमन्त्री ओलीले भने, “हामी असल छिमेकीपनमा विश्वास गर्छौँ । त्यसानुसारको व्यवहार गर्छौँ ।”

छिमेकी राष्ट्रको चासोलाई सरकारले सम्बोधन गर्ने उनले बताए । उनले थप स्पष्ट पारे, “हामी छिमेकीका जायज चासो सम्बोधन गर्छौँ । साथै, हाम्रा जायज चासो सम्बोधन होस् भन्ने पनि अपेक्षा गर्छौँ ।”

वर्तमान सरकारले पारस्परिक लाभ र सम्मानमा विश्वास गर्ने प्रधानमन्त्री ओलीले बताए ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १५:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro