site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीको प्रशंसा गर्दै देउवाले भने– अत्यन्तै अध्ययनशील र मिहिनेती हुनुहुन्छ

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेका छन् । आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मत मागेपछि बोलेका देउवाले ओली अत्यन्तै मिहिनेती, अध्ययनशील र अनुभवी भएको बताए ।

साथै उनले असार १७ गते कांग्रेस–एमालेबीच भएको सहमतिमा कांग्रेस दृढ रहेको पनि बताए । एमाले पनि सहमतिमा दृढ रहने विश्वास आफूलाई रहेको उनको भनाइ छ । 

Dabur Nepal
NIC Asia

“प्रधानमन्त्ती अत्यन्तै अध्ययनशील, मिहिनेती र अनुभवी हुनुहुन्छ । उहाँको मन्त्रिमण्डलका साथीहरू पनि योग्य सक्षम हुनुहुन्छ । उहाँहरूको नेतृत्वमा मुलुकले उन्नतिको नयाँ बाटो सम्हाल्ने छ,” उनले भने । 

देउवाले वर्तमान सरकार विधिको शासन, संविधानको पूर्ण कार्यान्वयनका लागि उचित कानुन र लगानीको उचित वातावरण तयार गर्दै रोजगारीका अवसर सिर्जना र चलायमान अर्थतन्त्रको ठोस निर्माण गर्ने विश्वास आफूमा रहेको बताए । अहिलेको सत्ता गठबन्धन राजनीति स्थिरताको बाटोमा अघि बढ्न सफल हुने उनको विश्वास छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro