राजनीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सधैँ अघि बढ्ने मानिस भएको बताएका छन् ।
आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले आफूले 'यात्रामा ब्याक गियर लगाउन' नजानेको जिकिर गरे ।
“म सधैँ अघि बढ्ने मानिस हुँ । मैले मेरो यात्रामा ब्याक गियर लगाउन र पछि सर्न जानेको छैन । हामी सबैले महसुस गरेको कुरा अस्थिरता विकासको मुख्य तगारो हो,” उनले भने ।
उनले कांग्रेस र एमाले हैसियत भएका पार्टी भएको पनि बताए । उनले यी पार्टीहरूलाई होच्याउने गरी बोल्ने अभ्यास गर्दा नाजायज बोलेर अभ्यास किन गर्नु भनी प्रश्नसमेत गरे ।
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१ १४:४६
प्रतिक्रिया दिनुहोस्