site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
आरक्षणबारे बंगलादेशको सर्वोच्चले भन्यो– तल्लो अदालतको फैसला गैरकानुनी

ढाका । बंगलादेशको सर्वोच्च अदालतले सरकारी जागिरमा रहेको आरक्षण व्यवस्थाको विरोधमा जारी विद्यार्थी आन्दोलनको पक्षमा हुने गरी उक्त प्रणाली खारेज गरिदिएको छ । आइतबारको सुनुवाइका क्रममा यस्तो फैसला गरिएको हो ।

हाइकोर्टले यसअघि आरक्षणबारे सरकारले सन् २०१८ मा दिएको ‘सर्कुलर’लाई रद्द गरेको थियो । त्यसविरुद्ध विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । त्यसक्रममा बंगलादेशमा ठूलो जनधनको क्षति भएको छ ।

महान्यायाधिवक्ता एएम अमिन उद्यीनले एएफपीसँगको कुराकानीमा सर्वोच्चले हाइकोर्टको फैसलालाई गैरकानुनी भनेको जनाएका छन् । उनले ५ प्रतिशत सिभिल सर्भिस जागिरका निम्ति स्वतन्त्रता संग्रामका ‘भेटरान’का सन्तानलाई र २ प्रतिशत अन्यका हकमा भने आरक्षण कायम रहने जनाएका छन् ।

यसबारे आन्दोलनकारीको प्रतिक्रिया भने आइसकेको छैन । बंगलादेशमा हालैको हिंसामा १०० भन्दा बढी मानिस मारिएका छन् । त्यसले गर्दा सरकारले कर्फ्यु लगाउनुपरेको छ । साथै, सडकमा सेना पनि तैनाथ गरिएको छ । अलजजिराबाट ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro