site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्वाचित हुन पाइन्न भन्ने सन्देश दिन राजाले बीपीलाई जेल हाले : प्रधानमन्त्री ओली
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई तत्कालीन राजाले निर्वाचित हुन पाइन्न भन्ने सन्देश दिन जेलमा थुनेको बताएका छन् ।

बीपी कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा आइतबार बालुवाटारमा आयोजित बीपी कोइराला राष्ट्रिय पुरस्कार, २०८० समर्पण समारोहमा उनले डेढ दशकमा सबै जनतालाई प्रधानमन्त्री वा सोसरहको जीवनयापन गर्ने अवस्थामा पुर्‍याउँछु भनेकैले बीपीलाई जेलमा हालिएको बताए । सोही कारण बीपीलाई आठ वर्षसम्म सुन्दरीजल बन्दीगृहमा थुनिएको उनले सुनाए ।

“झुटा आरोप र मुद्दाका आधारमा बीपीलाई जेल हालियो । कांग्रेसले गद्दीमा ल्याएर राखेका राजाले बीपीलाई बिनाकारण जेल हाले । बीपीले सत्यको मार्ग हिँडेर जीवनभर मूल्य चुकाउनुभयो । सत्य बोल्ने र सही काम गर्ने हो भने मूल्य चुकाउनुपर्छ भन्ने मानसिकताले उहाँ अघि बढ्नुभएको थियो,” प्रधानमन्त्री ओलीले भने ।

जनताले लगाएको कपडाका साथै उनीहरूको अवस्था देखाउँदा बीपीका पिता कृष्णप्रसाद र माता दिव्या कोइरालालाई पनि राणाशासकले सर्वस्वहरण गरी निर्वासनमा पठाएको उनको भनाइ छ । बीपीले भिन्न विचार राख्न पाउने स्वतन्त्रताका निम्ति संघर्ष गरेको प्रधानमन्त्री ओलीले बताए ।

बीपीले वि.सं. २०३५ मा बीबीसीलाई दिएको अन्तर्वार्तामा तर्कसहित स्पष्ट रूपमा राष्ट्रिय एकताको सवाल उठाएको उनले सुनाए । अहिलेको पुस्तालाई कथाजस्तो लाग्ने बीपीको जीवनकथा पढ्न रोमाञ्चक भए पनि भोग्न सहज नहुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

“जीवनमा संघर्ष गरेरै बीपीले राजनीति र साहित्यलाई नयाँ उचाइमा लग्नुभयो । बीपीका बेलाको बलिदान र संघर्ष अहिलेको पुस्तालाई कथाजस्तो लाग्न सक्छ । त्यस्तै संघर्ष गरेकैले बीपी कालजयी व्यक्तित्व बन्नुभयो,” उनले भने ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले ०८० सालको बीपी कोइराला राष्ट्रिय पुरस्कारबाट राजनीतिक दर्शन विधातर्फ किशोरकुमार अधिकारी र होमनाथ दाहाललाई पुरस्कृत गरे । संयुक्त रूपमा प्रदान गरिएको पुरस्कारको राशि दुई लाख रुपैयाँ नगद, प्रमाणपत्र र दोसल्ला छ ।

यसैगरी, साहित्यिक विधातर्फको बीपी कोइराला राष्ट्रिय पुरस्कार प्रा. डा. योगेन्द्रप्रसाद यादव र प्रा. डा. हरिप्रसाद शर्मा पराजुलीलाई संयुक्त रूपमा प्रदान गरियो । यो पुरस्कारको राशि दुई लाख रुपैयाँ नगद, प्रमाणपत्र र दोसल्ला छ । मन्त्रालयले ०७८ सालदेखि यो पुरस्कार प्रदान गर्दै आएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro