site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नियमित सुनुवाइमा फर्कियो सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालत वर्षान्तपछि आजदेखि नियमित कार्यसूचीमा फर्किएको छ । आर्थिक वर्ष २०८०/०८१ अन्त्यपछिको एक हप्ता सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणसहितका मुद्दामा मात्र सुनुवाइ भइरहेको थियो । आर्थिक वर्ष २०८१/०८२ सुरु भएपछि आज पहिलोपटक सबै मुद्दा पेसीमा चढेका हुन् ।

सर्वोच्चमा आइतबार नौ इजलासमा ४५८ मुद्दा पेसी चढेकोमा १०८ स्थगित भएका छन् । अन्य ६ मुद्दा हेर्न नमिल्नेमा परेका छन् ।

पुराना फैसलाको पूर्णपाठ लेखनसहितका काम गर्ने गरी सर्वोच्चमा विगतमा १५ दिनभन्दा बढी सयमसम्म सुनुवाइ रोकिने गरेको थियो । तर, सर्वोच्चले पाँचौँ पञ्च वर्षीय रणनीतिक योजनामा २०८६ सालसम्म दुई वर्ष नाघेका मुद्दा बाँकी नराख्ने लक्ष्य लिएको छ । हरेक वर्ष लगतको कम्तीमा ५० प्रतिशत मुद्दा फर्स्योट गर्ने लक्ष्यका कारण पनि यसपटक अदालतहरू छिट्टै नियमिति सुनुवाइमा फर्किएर मुद्दाको लगत घटाउने उद्देश्यमा छन् ।

सर्वोच्चमा १० वर्ष नाघेका सात मुद्दा बाँकी छन् । पाँच वर्ष नाघेका मुद्दा तीनहजार २४२ छन् । गत आर्थिक वर्षबाट लगतमा आएका कुल २५ हजार ४२८ मुद्दा बाँकी छन् । यी मुद्दा पनि चाँडो फर्स्योट गरी सर्वसाधारणमा समयमै न्याय पाइन्छ भन्ने सन्देश दिएर जनआस्था अभिवृद्धि गर्ने लक्ष्य न्यायालयको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro