site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसईईको नतिजाप्रति संसदीय समितिको ध्यानाकर्षण, पुनर्योगको विवरण माग 
शिक्षा समिति बैठकको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा ५० प्रतिशतभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएको भन्दै संसदीय समितिले चासो देखाएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई शिक्षाको गुणस्तर सुधारका निम्ति निर्देशन समेत दिएको छ । शिक्षण व्यवस्थापन, परीक्षा प्रणाली र प्रक्रियामा गुणस्तर सुधार गर्नुपर्ने समितिको निष्कर्ष छ ।

यस्तै, एसईईको पुनर्योगको नतिजामा धेरै विद्यार्थी उत्तीर्ण भएको जानकारी समितिलाई प्राप्त भएको भन्दै त्यसको यकिन विवरण समेत मागिएको छ ।

नतिजा प्रकाशनमा त्रुटि भएको पाइए आउँदा दिनमा त्यस्तो हुन नदिन पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro