site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उदयपुरको त्रियुगा क्षेत्रमा भाइरल ज्वरोका बिरामी बढे

उदयपुर (गाईघाट) । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोको बिरामी बढेका छन् । बिरामीको संख्या बढैसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ । 

अस्पताल प्रशासनका अनुसार ५० शय्या क्षमताको अस्पतालमा दैनिक ३०० जना भाइरल ज्बरोका बिरामी आउने गरेका छन् । 

पर्याप्त शय्या अभावमा उपचार गर्न कठिन भएको अस्पतालका सूचना अधिकारी रमेश श्रेष्ठले बताए । “बिरामीलाई भूमिमा राखेर सेवा गर्नुपरेको छ, अन्य रोग लागेका बिरामीलाई बेड छैन । भाइरल ज्वरोका बिरामीको चाप अनपेक्षित रूपमा बढेको छ,” उनले भने । 

त्रियुगा नगरपालिका क्षेत्रको गाइघाट, पुरानो गाइघाट, असारी, मोतिगडा, देउरी, बगाहा, जलजले, राजाबास, चुहाडे, लक्ष्मीपुर, पोर्ताह, खैराहा झोडा, बिषणपुर, खैजनपुर, मोथ्याई, र जोगिदह क्षेत्रमा अहिले ब्यापक भाइरलको प्रकोप फैलिदै गएसँगै प्रत्यक घरमा एक, दुईदेखि सम्पूर्ण परिवारहरूसमेत भाइरलबाट प्रभावित भइरहेका छन्  ।

त्रियुगा क्षेत्रमा भाइरलको प्रकोप बढेसँगै जिल्ला अस्पतालमा पनि बिरामीको चाप ह्वात्तै बढेको जिल्ला अस्पताल उदयपुरले बताएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ११:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro