site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
उडान ३० घण्टा ढिलो भएपछि भाडा फिर्ता गर्ने एयर इन्डियाको घोषणा

नयाँ दिल्ली । सान फ्रान्सिस्कोका निम्ति उडेको एयर इन्डियाको उडानमा ३० घण्टा ढिलाइपछि यात्रुलाई भाडा पूर्ण रूपमा फिर्ता गर्ने एयर इन्डियाले घोषणा गरेको छ ।

एयर इन्डियाको पत्रमा भनिएको छ, “कृपया सान फ्रान्सिस्कोको यात्रामा तपाईंलाई पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौँ । विगत २४ घण्टा कठिन थियो र यस अवधिमा धैर्यताका निम्ति धन्यवाद ।”

यात्रुलाई छिटोभन्दा छिटो सान फ्रान्सिस्को पुग्ने व्यवस्था गर्नु आफ्नो प्राथमिकता रहेको र यसका निम्ति सम्बन्धित निकायसँगको सहकार्यमा राहत उडान पठाएको पनि एयरलाइन्सले जनाएको छ । 

“हामीले तपाईंले भोग्नुभएको अनुभवलाई मेटाउन सक्दैनौँ । हाम्रो इमानदार पश्चात्ताप व्यक्त गर्नका लागि हामी तपाईंको यात्राको भाडा पूर्ण रूपमा फिर्ता गर्नेछौँ,” एयर इन्डियाले भनेको छ ।

नयाँ दिल्लीबाट सान फ्रान्सिस्कोका निम्ति उडेको एयर इन्डियाको उडान प्राविधिक कारणले रुसको क्रास्नोयास्र्क अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो । त्यसको करिब ३० घण्टापछि अमेरिकी सहरको विमानस्थलमा त्यो सुरक्षित अवतरण गरिएको थियो ।

नयाँ दिल्लीबाट सान फ्रान्सिस्कोका लागि सञ्चालन हुने उडानलाई जुलाई १८ मा प्राविधिक कारणले रुसको क्रास्नोयास्र्क अन्तर्राष्ट्रिय विमानस्थलमा ‘डाइभर्ट’ गरिएको थियो । एयर इन्डियाले शनिबार एल–११७९ उडान सान फ्रान्सिस्कोमा सुरक्षित रूपमा पुगेको जनाएको छ ।

एयर इन्डियाको केजेएमा कर्मचारी नभएकाले यात्रुलाई आवश्यक सबै सहयोग उपलब्ध गराउन तेस्रो पक्षमार्फत सहयोग व्यवस्था गरिएको थियो । रासस/एएनआई

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  २२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro