site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बाढीका कारण तनहुँ जलविद्युत् आयोजनामा क्षति
फाइल तस्बिर ।

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारमा निर्माणाधीन १४० मेगाावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा बाढीले क्षति बनाएको छ । असारको अन्तिम साता परेको अविरल वर्षापछि सेतीनदीमा आएको बाढीले ‘कुलिङ प्लान्ट’मा क्षति पुर्‍याएको हो ।

बाढीका कारण प्याकेज–१ अन्तर्गत ‘ड्याम साइट’मा क्षति पुगेको सो आयोजनाले जनाएको छ । क्षतिको सर्भे टोली आएर मूल्यांकन गरेपछि मात्रै यकिन विवरण आउने आयोजना प्रबन्ध निर्देशक किरण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार (क्रसिङ प्लान्ट) गिट्टी र बालुवा उत्पादन गर्ने र (कुलिङ प्लान्ट) गिट्टी र बालुवालाई चिसो बनाउने सामानको रातको समयमा स–साना बक्समा रहेका सातवटा बक्सा बगाएको हो । “दुवै प्लान्टका इक्युप्मेन्ट बाढीले बगाउने खतरा बढेपछि सुरक्षित स्थानमा सारिएको छ,” उनले भने, “नदी किनारमा बसेर काम गर्नुपर्ने भएकाले पानी परेको समयमा माथिबाट स–साना ढुंगा खसिरहने हुँदा काम गर्न पनि कठिनाइ भएको छ ।”

प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रा.लि नेपाल जेभीसँगकोे ठेक्का सम्झौता विसं २०७८ भदौ १४ गतेदेखि कार्यान्वयनमा आएको थियो ।

आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज–२ को निर्माणका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग विसं २०७५ असोज १५ गतेखरिद सम्झौता भएको थियो ।

त्यसैगरी, प्याकेज–३ अन्तर्गत दमौलीदेखि चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेसनल लिमिटेड, भारतसँग विसं २०७५ पुस १० गते भएको खरिद सम्झौता विसं २०७५ फागुन १० मा कार्यान्वयनमा आएको थियो । उनका अनुसार प्याकेज–१ मा ३५, प्याकेज–२ मा ७३ र प्याकेज–३ मा ७३ प्रतिशतका साथै आयोजनाको समग्रमा ५९ प्रतिशत प्रगति भएको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  २२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro