site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मेसीबिना मियामीको सहज जित

काठमाडौं । नियमित कप्तान लियोनल मेसीबिनै मैदानमा उत्रिएको इन्टर मियामीले मेजर लिग सकर (एमएलएस)मा टोरोन्टो एफसीविरुद्ध ३–१ को सहज जित निकालेको छ ।

बिहीबार मियामीलाई जित दिलाउन फेडेरिको रेडोन्डोले दुई गोल गरे । डियागो गोमेजले एक गोल थपे । टोरोन्टोका डेरिक एटिनेले एक गोल फर्काएका थिए ।

खेलको ४३औँ मिनेटमा गोमेजले गोल गरेपछि मियामीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ५३औँ मिनेटमा रेडोन्डोले मियामीको अग्रता दोब्बर बनाए । ५९औँ मिनेटमा रेडोन्डोले नै गोल गरेपछि मियामी ३–० ले अगाडि थियो । टोरोन्टोका एटिनेले ७९औँ मिनेटमा एक गोल फर्काएका थिए ।

खेलमा मियामीका कप्तान मेसी भने टिममा थिएनन् । कोपा अमेरिका–२०२४ को फाइनलमा खुट्टामा चोट बोकेपछि मेसीले एमएलएसका दुई खेल गुमाउने भएका हुन् ।

जितसँगै २४ खेलबाट ५० अंक जोडेको मियामी एमएलएस इस्र्टन रिजनको शीर्ष स्थानमा छ । २५ खेलबाट २७ अंकको टोरोन्टो तालिकाको आठौँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro