site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रक्षाका निम्ति ताइवानले हामीलाई तिर्नुपर्छ : ट्रम्प

वासिङटन । अमेरिकामा रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदका उमेदवार डोनाल्ड ट्रम्पले ताइवानले आफ्नो सुरक्षाका निम्ति अमेरिकालाई तिर्नुपर्ने बताएका छन् । ब्लुमबर्ग बिजनेस विकमा मंगलबार प्रकाशित अन्तर्वार्तामा अमेरिकाका पूर्वराष्ट्रपति समेत रहेका ट्रम्पले यस्तो बताएका हुन् ।

ट्रम्पको यो भनाइले उनी आउँदो नोभेम्बरमा निर्वाचित भएर आएमा वासिङटन र ताइपेईबीचको सम्बन्धमा अप्ठ्यारो आउने संकेत गरेको छ ।

Dabur Nepal
NIC Asia

“मैले त्यहाँका मानिसलाई राम्रोसँग जान्दछु । उनीहरूलाई ठूलो सम्मान गर्छु । उनीहरूले हाम्रो शतप्रतिशत चिप बिजनेस लिएका छन् । मलाई लाग्छ, ताइवानले रक्षाका लागि हामीलाई तिर्नुपर्छ,” ब्लुमबर्गले सार्वजनिक गरेको ट्रान्सक्रिप्टमा भनिएको छ ।

चीनले आफ्नो भूभाग दाबी गरेको ताइवान वरपर बेलाबेलामा कतिपय सैनिक गतिविधि समेत गर्दै आएको छ । हालसम्म ताइवानलाई अमेरिकाले बलियो ढाडस दिइरहेकामा ट्रम्पको पछिल्लो भनाइ आएको हो ।

उनले अगाडि भनेका छन्, “हामी इन्स्योरेन्स कम्पनीभन्दा फरक होइनौँ । ताइवानले हामीलाई केही पनि दिँदैन ।”

अमेरिका ताइवानको मुख्य हतियारदाता पनि हो । केहीअघि मात्र अमेरिकी संसद्ले मल्टी बिलियन डलरको मिलिटरी सहायता प्याकेज बेइजिङलाई ‘काउन्टर’ दिने उद्देश्यले पास गरेको थियो ।

ट्रम्पको भनाइबारे बुधबार पत्रकारसँग ताइवानका प्रधानमन्त्री चो जङ ताइले आफूहरूले रक्षा बजेट बलियो बनाउँदै लगेको बताए । आफ्नो सुरक्षा आफैँ गर्न जिम्मेवार रूपमा अघि बढेको उनले उल्लेख गरे ।

उनले ताइवान र अमेरिकाको सम्बन्ध पछिल्ला वर्षमा निकै बलियो भएको बताए । ताइवान र इन्डोप्यासिफिक क्षेत्रको शान्ति र स्थिरता आफूहरूबीचको साझा लक्ष्य र जिम्मेवारी भएको उनको भनाइ थियो । एजेन्सी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro