site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘एक्टर’ र ‘ज्वाइँ साब’को सकियो छायांकन

काठमाडौं । चलचित्र ‘एक्टर’ र ‘ज्वाइँ साब’को छायांकन सकिएको छ । ४५ दिनमा ‘एक्टर’ र ३० दिनमा ‘ज्वाइँ साब’को छायांकन सकिएको हो ।

पोखरा र काठमाडौंमा छायांकन गरिएको ‘एक्टर’ विशेष चलचित्र बनेको निर्माता थमन कुमार भण्डारीले जानकारी दिए । तीन महिनामा टिजर, ट्रेलर र फर्स्टलुक सार्वजनिक गरिने उनले बताए । उनले यो चलचित्रमा प्रदीप खड्कालाई हेर्दै आएकोभन्दा फरक भूमिकामा देख्न सकिने निर्माता भण्डारीले बताए । 

Dabur Nepal
NIC Asia

राजन भुसालको डेब्यु निर्देशनमा निर्माण भइरहेको चलचित्रमा प्रदीप खड्का र दिव्या रायमाझीसहित राजबल्लभ कोइराला, आना शर्मा, सुशील सिटौला, दिव्य देव, उषा रजक मुख्य भूमिकामा छन् । 

अदृत फिल्मसको प्रस्तुतिमा मोती फिल्मस्को निर्माण रहेको यो चलचित्रमा थमन कुमार भण्डारीको लगानी छ । एनिस भुसाल सह–निर्माता रहेको यो फिल्मको क्रिएटिभ प्रोड्युसर मोती कार्की हुन् ।  

‘एक्टर’ तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज हुनेछ । चलचित्रको जापान प्रदर्शन अधिकार समेत बिक्री भएको छ । 

‘ज्वाइँ साब’को छायांकन चित्लाङ र चितवनमा गरिएको हो । वसन्त निरौलाले निर्देशन गरेको चलचित्रमा जीतु नेपाल र नायिका नीति शाह मुख्य भूमिकामा छन् । बुद्धि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डेलगायत कलाकारको पनि अभिनय छ । 

छायांकन सकेसँगै निर्माण टिम पोष्टप्रोडक्सनको काममा जुटेको छ । यो चलचित्रमा जीतु नेपाल र नीति शाहको जोडीलाई देख्न सकिन्छ । निर्माणपक्षले यी दुइको गेटअप भने सार्वजनिक गरेको छैन । 

निर्देशक निरौलाले भने, “जीतु र नीति शाहलाई दर्शकले विशेष अवतारमा देख्न सक्नुहुनेछ । यसैले, हामीले सुटिङ सेटबाट कुनै पनि लुक्स सार्वजनिक गरेका छैनौं । दर्शक फर्स्टलुक देखेर सरप्राइज हुनुहुनेछ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ०७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro