site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिमलताल दुर्घटना : भेटिएका १८ शवमध्ये चारको सनाखत हुन बाँकी

​काठमाडौं । सिमलताल बस दुर्घटनामा बेपत्ता भएकामध्ये १८ जनाको शव भेटिएको छ । बुधबार साँझसम्म १८ जनाको शव भेटिएको खोजतलासमा खटिएको सशस्त्र प्रहरीले जनाएको छ ।

मंगलबार साँझसम्म १७ जनाको शव भेटिएको थियो । उनीहरूमध्ये ९ शवको सनाखत भएको थियो ।

आज (बुधबार) सम्म १४ शवको सनाखत भएको छ । अब चारजना पुरुषको शवको सनाखत हुन बाँकी छ ।

गत असार २८ वीरगन्जबाट काठमाडौंका लागि छुटेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा ३८ जना सवार थिए । काठमाडौंबाट गौरका लागि छुटेको वाग्मती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा २७ जना सवार थिए । 

असार २८ गते बिहान ३ बजेतिर नारायणगढ–मुग्लिन सडकखण्डको चितवनको भरतपुर महानगरपालिका–२९ मा पर्ने सिमलतालमा दुवै बसलाई लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा पुर्‍याएको थियो । दुवै बसको अवस्था अहिलेसम्म अज्ञात छ ।

दुवै बसमा गरी कुल ६५ यात्रु सवार थिए । जसमध्ये गणपति बसमा सवार रौतहटको गरुडा नगरपालिकाका जुगेश्वरराय यादव र सरोजकुमार गुप्ता तथा देवाही बनाही नगरपालिकाका नन्दस दास बाँच्न सफल भएका थिए ।

हेर्नुहोस् विवरण

Sim1-1721223525.jpg

Sim2-1721223524.jpg

Sim3-1721223524.jpg

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro