site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वृद्ध बुवालाई छोराबुहारीले जंगलमा छाडिदिएको आरोप, चार दिनपछि वनकर्मीले गरे उद्धार 
Tiktok banner adTiktok banner ad

विराटनगर । मोरङको बेलबारीमा आफ्नै छोराबुहारीले मध्यजंगलमा लगेर  एक वृद्धलाई छाडिदिएको आरोप लागेको छ ।  ती वृद्धलाई  वनकर्मीले उद्धार गरेको जनाएका छन् । 

बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट मंगलबार ७० वर्षीय जामुनलाल झांगडलाई चार दिनपछि उद्धार गरिएको हो । हेरालु टोलीले वनबाट उद्धार गरी अस्पताल भर्ना गराएका छन् । 

वन समितिका अध्यक्ष दिनेश गिरीले वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको बताए । उनले भने, “चार दिन अगाडि नै बीच जंगलमा लगेर छाडिदिएका रहेछन् । वन क्षेत्र निगरानीमा गएका साथीहरूले फेला पारी लिएर आउनु भएछ । मोटरसाइकलमा बसाएर बीच जंगलमा लगेर छाडिदिएका रहेछन् ।”

वृद्धको शरीरको भागमा चोट देखिएको र उनी धेरै बोल्न नसक्ने अवस्थामा रहेको बताए ।

बेलबारी नगरपालिका-७, डांगी टोलमा बस्दै आएका वृद्धका छोराबुहारीको खोजी भइरहेको वडाध्यक्ष सुनिता चौधरीले बताइन् । “के कसरी घटना भएको रहेछ भनी सोधीखोजी सुरु गरेका छौँ,”  उनले भनिन्, “अस्पतालमा उहाँ इन्तु न चिन्तु अवस्थामा हुनुहुन्छ । शरीर निकै कमजोर देखिन्छ ।”

वन अध्यक्ष गिरीले घटनाबारे प्रहरीलाई जानकारी गराइएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १४:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro