site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
म्याग्दीमा ४२ खानेपानी आयोजना सम्पन्न

बेनी । म्याग्दीका करिब सात सय घरपरिवारमा खानेपानीको सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन गरेका खानेपानी योजनाबाट ६०९८ घरमा खानेपानीको पहुँच पुगेको  हो ।

प्रदेश सरकारबाट प्राप्त ३४ र संघीय सरकारबाट प्राप्त आठवटा खानेपानी योजना सञ्चालन भएकामा यस वर्ष खानेपानीका ट्यांकी निर्माण, पाइप लाइन विस्तार र मिटर जडानका काम भएको कार्यालयका सूचना अधिकारी इन्जिनियर शिवशंकर शाहले जानकारी दिए । 

उनका अनुसार गत आर्थिक वर्षमा विभिन्न सात खानेपानी योजना सम्पन्न भएर २०९ घरमा खानेपानीको मिटर जडान गरिएको छ ।

घोडेपानी खानेपानी, तोरीपानीको खसपधेरा खानेपानी, डम्मरा खानेपानी, रणबाङ खानेपानी, तुसारेपानी खानेपानी, सिजलगाउँ चुनेपानी खानेपानी योजनाको निर्माण सम्पन्न भएर मिटर जडान गरी घरघरमा खानेपानीको पहुँच पुर्याइएको कार्यालयले जनाएको छ ।

कार्यालयले सञ्चालन गरेका खानेपानी योजनामा एक वर्षको अवधिमा २८ इन्टेक, १६ संकलन चेम्बर, ११ वितरण चेम्बर, चार बीटीसी चेम्बर र २४ पानी संकलन ट्यांकी निर्माण भएको छ । 

एक वर्षमा कुल २७.६७ प्रतिशत किलोटिमर मुख्य पाइप लाइन र ४९.७१ किलोमिटर वितरण पाइपलाइन निर्माण भएको कार्यालयका सबइन्जिनियर धनेश शाहले जानकारी दिए । रासस

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro