site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिमलताल दुर्घटना : ६५ जनाकै विवरण खुल्यो, भेटिएका १४ शवमध्ये आठको पहिचान

काठमाडौं । सिमलताल बस दुर्घटनामा परेका सबै यात्रुको विवरण खुलेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार साँझ एक विज्ञप्तिमार्फत दुवै बसमा सवार ६५ जनाको विवरण खुलेको जनाएको हो ।

प्रशासनले यात्रुहरूको विवरण पनि सार्वजनिक गरेको छ । वीरगन्जजबाट काठमाडौंका लागि छुटेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा ३८ जना सवार थिए । काठमाडौंबाट गौरका लागि छुटेको वाग्मती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा २७ जना सवार थिए । जसमध्ये गणपति बसमा सवार तीन जना बच्न सफल भएका थिए ।

प्रशासनका अनुसार सोमबारसम्म १४ यात्रु मृत अवस्थामा भेटिएका छन् । उनीहरूमध्ये आठ जनाको पहिचान भएको छ । बाँकी ६ जनाको पहिचान हुन सकेको छैन ।

Simaltal-Accident-1721052741.jpg

Simaltal-Accident2-1721052742.jpg

Simaltal-Accident3-1721052741.jpg

Simaltal-Accident-4-1721052740.jpg

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  २०:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro