site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिमलताल दुर्घटना : यसरी भइरहेको छ सोनार प्रविधिबाट बेपत्ताको खोजी 
SkywellSkywell

काठमाडौं । चितवनको सिमलताल पहिरोमा परी बेपत्ता भएका बस र यात्रुको खोजी गर्न सोमबारबाट ‘इकोसाउन्डर डिभाइस’ (सोनार)को प्रयोग गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपालको समन्वयमा उक्त प्रविधिको प्रयोग गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सोनारले ३०० मिटर गहिराइसम्मको वस्तुको अवस्थाबारे जानकारी दिन सक्छ ।

यही असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालमा गेग्य्रान बहावमा परी दुई वटा यात्रुवाहक बस त्रिशूली नदीमा खसेको थियो । 

KFC Island Ad
NIC Asia

वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३ ००१ ख २४९५ नम्बरको गणपति डिलक्स नामका यात्रुवाहक बस पहिरोमा परी त्रिशूली नदीमा खसालेको थियो । 

प्राधिकरणका अनुसार सोमबार बिहानसम्ममा बेपत्ता भएका यात्रुमध्ये ११ जनाको शव भेटिएको छ । भेटिएकामध्ये पाँच वटा शवको सनाखत भएको प्राधिकरणले जनाएको छ । ५० जनाभन्दा बढी यात्रु अझै बेपत्ता छन् । 

Royal Enfield Island Ad

सुरक्षाकर्मीहरूले तालिमप्राप्त गोताखोरसहित विभिन्न आधुनिक उपकरणको प्रयोग गर्दै घटनास्थलदेखि ४० किलोमिटर तल गण्डक बाँधसम्म खोजी कार्य गरिरहेको प्राधिकरणले जनाएको छ । यसैबीच सोमबारबाट खोजी तथा उद्धार कार्यमा सोनार प्रविधि प्रयोगमा ल्याइएको हो ।

खोजी कार्यमा ५०० जनाभन्दा बढी सुरक्षाकर्मी, २८ जना गोताखोर, एयर ड्रोन, वाटर ड्रोन, शक्तिशाली चुम्बक, बोट लगायतका उपकरणको प्रयोग गर्दा पनि यात्रु नभेटिएपछि सोनार प्रविधि प्रयोगमा ल्याइएको हो । 

सोनार प्रविधिको प्रयोग पानीमा डुबेका वस्तुको खोजी गर्न प्रयोग गरिन्छ । यो प्रविधिले ध्वनिको माध्यमबाट पानीमुनि वा सतहमा रहको वस्तुहरू पत्ता लगाउँछ । 

सोनार प्रविधिले पानीमुनि ध्वनिक तरंगहरू पठाउँछ । ती तरंगहरू पानीमुनि रहेका वस्तुमा ठोक्किएर फिर्ता आउँछन् । सोनारले ध्वनि तरंग गएको र फर्केर आएको समय रेकर्ड गर्छ र वस्तु रहेको गहिराइ पत्ता लगाउँछ । 

जर्मन आविष्कारक अलेक्ज्यान्डर बेह्याले सन् १९९३ जुलाई २२ सोनार प्रविधिको विकास गरेका थिए । सुरुमा समुन्द्रको गहिराइ मापन गर्न, माछाहरूको स्थान पत्ता लगाउन यो प्रविधि प्रयोग गरिन्थ्यो । पछि समुन्द्रमा डुबेका वस्तुहरू पत्ता लगाउन यो प्रविधि सहयोग बन्यो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १६:१४
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro