site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसबाट मन्त्री बनेकाहरूले पार्टी कार्यालयमा गरे बीपीको सालिकमा माल्यार्पण

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट मन्त्री बनेकाहरूले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर बीपी कोइरालाको सालिकमा माल्यार्पण गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेलगत्तै प्रदीप पौडेल पदभार ग्रहण गर्न मन्त्रालय पुगेका थिए । पदभार ग्रहणपछि उनी सानेपा पुगे । बाँकी मन्त्रीहरूले पद तथा गोपनीयताको शपथपछि सिधै सानेपा पुगेर नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको सालिकमा माल्यार्पण गरेका हुन् ।

पार्टी कार्यालयमा माल्यार्पण गरेलगत्तै मन्त्रीहरू आ–आफ्ना मन्त्रालयतर्फ लागेका छन् । कांग्रेसबाट उपप्रधानसहित नौजना मन्त्री बनेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro