site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विद्यादेवी भण्डारीलाई भेटेर फर्किए ओली

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका विद्या निवास चपलीमा उनीहरूबीच भेट भएको हो ।

ओलीका स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार भेटमा जिल्ला तहका नेताहरू पनि उपस्थित थिए ।
एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निराैलाले उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको जानकारी दिए । 

"प्रधानमन्त्रीज्यूकाे पूर्वराष्ट्रपतिज्यूसँग शिष्टाचार भेटवाता भएकाे हाे । पूर्वराष्ट्रपतिज्यूले बधाई दिनुभयाे । अरू कुनै विषयवस्तु थिएन । राष्ट्रिय राजनीतिका विषयमा सामान्य कुराकानी हुने नै भयाे," उनले भने ।

भेटघाट गरेर ओली फर्किसकेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अपराह्न ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । ओलीको शपथ सोमबार बिहान ११ बजेका लागि तय गरिएको छ ।

 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  २१:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro