site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोलीकाण्डबारे एफबीआईले भन्यो– ट्रम्पको हत्या प्रयास 

पेन्सिलभानिया । अमेरिकाको फेडेरल ब्युरो अफ इन्भेस्टीगेसन (एफबीआई)ले अमेरिकाका राष्ट्रपतिका उमेदवार डोनाल्ड ट्रम्पमाथिको गोलीकाण्ड हत्या प्रयास नै भएको जनाएको छ ।

घटनाका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा एफबीआईका फिल्ड अफिसर केभिन रोजेकले सो भनाइ राखेका हुन् । अहिलेसम्म यो घटना ‘एक्टिभ क्राइम सिन’मा नै रहेको समेत उनले जनाएका छन् ।

एफबीआईले शंकास्पद आक्रमणकारीको नाम सार्वजनिक गर्नुअघि उसको डीएनए टेस्ट गरेर बायोमेट्रिक कन्फर्मेसन गर्नुपर्ने बताएको छ । त्यसैले अहिले नै पहिचान सार्वजनिक नगरिएको जनाएको छ । 

सो व्यक्तिको लगभग पहिचान भइसके पनि सबै प्रक्रिया पूरा गरेपछि पहिचान सार्वजनिक गर्ने उसले जनाएको छ । एफबीआईले गोली प्रहार नभएसम्म अगाडिको घरको छतमा भएको व्यक्तिका बारेमा आफूलाई जानकारी नभएको समेत पत्रकार सम्मेलनमा जानकारी गराएको छ । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro