site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२४ लाखसहित हुन्डी कारोबारमा संलग्न चारजना समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । हुन्डी कारोबारमा संलग्न आरोपमा शुक्रबार (हिजो) दिउँसो प्रहरीले चारजनालाई पक्राउ गरेको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, बेलासपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा नेपालगन्ज–१८ का २९ वर्षीय राजेश भुजु श्रेष्ठ, नेपालगन्ज–३ का २५ वर्षीय सोयब कादरी हलवाई, कोहलपुर नगरपालिका–७ का २९ वर्षीय निमबहादुर बोहरा र कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का ३० वर्षीय राहुल देवल छन् ।

बेलासपुरस्थित नबिल रेफ्रिजिरेटर एन्ड एयर कन्डिसन वर्कसप नामक टीभी, फ्रिज मर्मत गर्ने पसलमा हुन्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । उक्त पसलबाट नगद २४ लाख ६२ हजार ३१५ रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १७:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro